२६ श्रावण २०८३, मंगलवार
,
Latest
सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ ।

बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपोसार गरेको आरोपमा ग१त ७६५३, ग१त ७५९७, ग१त ६६५३, ध१त ११४, ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो ।

उनीहरु जोमसोम–कोरला सडकखण्डअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित एक्लेभट्टी नजिकको कालीगण्डकी नदी बगरमा अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपोसार गर्दै थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले वर्षायामको समयमा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको उत्खननले विपद््को जोखिम निम्तिन सक्ने जानकारी दिनुभयो ।