११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

१२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए

१२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए
अ अ+ अ-

काठमाडाैँ । सन् २०२२ देखि रोहितकुमार पौडेलले नेपाली क्रिकेट टोलीको नेतृत्व लिनुभएको थियो । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि अप्रत्यासित रोहितले नेपाली टिमको कप्तानी नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको हो । त्यसबेला नेपालले लगातार खराब प्रदर्शन गरिरहेको थियो । टोलीको नतिजाले खेलाडी र समर्थक दुवै खुसी थिएनन् ।

आइसिसी विश्वकप लिग–२ मा सङ्घर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाउनुभयो । उहाँ कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार आयो । रोहितको कप्तानीमा त्यस संस्करणको विश्वकप लिग–२ मा नेपालले चामत्कारिक पुनरागमन गर्दै ३६ खेलमध्ये १९ मा जित र १५ खेलमा पराजय बेहोरेको थियो । यस्तै, नेपालले दुई खेलमा अङ्क बाँडेको थियो ।

पहिलो संस्करणको लिग–२ मा नेपालले तेस्रो स्थान हासिल गर्न कप्तान पौडेलको भूमिका अहम् रहेको थियो । उहाँले त्यस संस्करणमा ३३ खेलमा ९०९ रन बनाउनुभयो । विश्वकप लिग–२ को शीर्ष तीनमा स्थान बनाएसँगै नेपालले रोहितको कप्तानीमा पहिलोपटक आइसिसी एकदिवसीय विश्वकप खेल्ने मौका पायो, जहाँ नेपालले पहिलोपटक नै टेष्ट मान्यताप्राप्त देश वेस्ट इण्डिज र जिम्बाब्वेविरुद्ध खेल्यो ।

रोहितको कप्तानीमा नेपालले पहिलोपटक सन् २०२३ मा एसीसी प्रिमियर कपको उपाधि जित्यो । त्यस प्रतियोगिताको विजेता बनेसँगै नेपालले पहिलोपटक एसीसी एसिया कप खेल्ने मौका पायो । एकदिवसीय ढाँचाको उक्त एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता शक्तिशाली क्रिकेट टोलीको सामना ग¥यो । रोहितको कप्तानीमा नेपालले एकदिवसीयभन्दा टी–२० आईमा झन उत्कृष्ट प्रदर्शन ग¥यो । उहाँको नेतृत्वमा नेपालले लगातार दुईपटक आइसिसी टी–२० विश्वकप खेल्यो । रोहितको कप्तानीमा नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप एसिया तथा इएपिए छनोटको उपाधि जितेको थियो । रोहितकै कप्तानीमा नेपालले पहिलोपटक टेष्ट टिम वेस्ट इण्डिजविरुद्धको टी–२०आई शृङ्खला जित्यो ।

गत वर्षको सेप्टेम्बरमा आयोजित तीन खेलको उक्त शृङ्खला २–१ ले जितेको थियो । नेपालको एकदिवसीय क्रिकेट टोलीको नेतृत्व सम्हाल्ने बेला रोहितकुमार पौडेल २० वर्ष ७३ दिनको हुनुहुन्थ्यो । उहाँ अहिले पनि एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक कान्छो कप्तानको रूपमा दोस्रो स्थानमा हुनुहुन्छ । रोहितभन्दा अगाडि अफगानिस्तानका राशिद खानको नाम मात्र छ ।

राशिदले १९ वर्ष १६५ दिनको उमेरमा एकदिवसीय टोलीको कप्तानी सम्हाल्नुभएको थियो ।

रोहितको कप्तानीमा नेपालको नतिजा

रोहितको कप्तानीमा नेपालले सर्वाधिक ६३ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्यो, जसमा नेपालले ३१ खेलमा जित र ३० खेलमा हारको सामना ग¥यो । यस्तै, नेपालले दुई एकदिवसीय खेल ड्र खेल्यो। रोहितले ५९ टी–२० आई खेलमा टोलीको नेतृत्व गर्नुभयो, जसमा नेपालले ३३ खेलमा जित र २१ खेलमा हार व्यहोर्नु प¥यो । यस्तै, नेपालले तीनवटा टी–२०आई खेलमा अङ्क बाँडेको थियो ।

रोहित नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बन्नुभएको छ । उहाँको कप्तानीमा नेपालले दुवै ढाँचागरी १२२ खेल खेल्यो । रोहित नेतृत्वबाट हटेसँगै क्यानले टी–२० आईमा दीपेन्द्र सिंह ऐरी र एकदिवसीय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । सन्दीप चार वर्षपछि कप्तानमा फर्किनुभएको हो । उहाँले सन् २०२२ मा नेपालको कप्तानी गर्नुभएको थियो । सन्दीपको कप्तानीमा हालसम्म नेपालले १४ एकदिवसीय र १८ टी–२० आई खेल खेलेको छ । रासस