प्युठान। प्युठानमा बेवारिसे अवस्थामा राखिएका १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्सामा झारपातले छोपेर राखिएको अवस्थामा उक्त हतियार फेला पारेको हो।
१३ थान साबुत भरुवा बन्दुक र सोही बन्दुकका दुई थान नाल नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।











