२४ श्रावण २०८३, आईतवार
,
Latest
‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु पूर्णबहादुर खड्काको अपिल : ‘कांग्रेस एकताका लागि सभापति गगन थापा निर्णायक भूमिकामा आउनुस्’ धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी धनकुटामा ग्यास अभाव भएपछि अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने



फाइल फोटो
अ+ अ-

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले आज सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले अस्थायी बाँध निर्माणका लागि आवश्यकपर्ने तारजाली, बोरालगायत सामग्री उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले सुस्तामा तटबन्ध निर्माणको काम गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका आयोजना इन्जिनियर बेलबहादुर विश्वकर्मालाई तटबन्ध निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

सुस्तामा नदीको कटानबाट जोगाउन स्थानीय र सुरक्षाकर्मी दिनरात खटिएका सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले बताउनुभयो । रासस