२४ श्रावण २०८३, आईतवार
,
Latest
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ललितपुरको बाडेगाउँस्थित पार्टीका सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को आश्रममा पुगेका छन्।

२४ भदौमा भएको घटनाको चौथो दिन आश्रमको निरीक्षण गरेका खड्का आइतबार बिहान पुनः बाडेगाउँ पुगेका हुन्। दोस्रोपटक आश्रम पुगेका उनले पार्टीभित्रको एकता र सहकार्यलाई बलियो बनाउने उद्देश्यले आफू बाडेगाउँ आएको बताएका छन्।

खड्काले किशुनजीको आश्रमबाटै नेपाली कांग्रेसको सम्पूर्ण एकताको संकल्प गर्ने बताए। पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीभित्र एकताको आवश्यकता बढेको भन्दै उनले कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

खड्कासँगै संस्थापन इतर समूहका नेता तथा कार्यकर्तासमेत बाडेगाउँ पुगेका थिए। आश्रममा उनीहरूले पार्टीको आगामी दिशा, आन्तरिक एकता र समसामयिक राजनीतिक विषयमा छलफलसमेत गरेका छन्।