२३ श्रावण २०८३, शनिबार
,
Latest
सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प



अ+ अ-

काठमाडौँ। नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ ।

यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो ।

“नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।” रासस