२२ श्रावण २०८३, शुक्रबार
,
Latest
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा टयाङ्करसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको टयाङ्करबाट तेल चोरी रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रणमा लिइएकामा वीरगञ्ज महानगरपालिका–३ का सुनैन मियाँ, १५ का असलम हवारी, ११ का रफिक मियाँ तथा हेटाँैडा उपमहानगरपालिका–१० का केशर राम सुनार, १४ का मन्दसिंह लामा र उमेश राना मगर रहेका छन् । इण्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाइ इन्धन डिपो काठमाडौँ पुर्याउनुपर्ने २० हजार लिटर क्षमताको टयाङ्करबाट तेल चोरिरहेको अवस्थामा भेटेपछि निजहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।