२२ श्रावण २०८३, शुक्रबार
,
Latest
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा एक हजार २८१ सवारी चालकलाई कारबाही गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक कसुरमा ७८६ चालक कारबाहीमा परेका छन् । त्यसैगरी तीव्र गतिमा सवारी चलाउने १४३, रेड लाइट उल्लङ्घन गर्ने ६८, सिसीटिभीमार्फत ८५, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६५, लेन अनुशासन उल्लङ्घन गर्ने ४१, अवस्था ठीक नभएका सवारी ३०, वान–वे उल्लङ्घन गर्ने २२ तथा हर्नको दुरूपयोग गर्ने ४१ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा बढ्दो सवारी चापका बीच ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि दैनिक निगरानी तथा कारबाहीलाई तीव्र पारिएको छ । ट्राफिक प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक बत्तीको पालना गर्न, लेन अनुशासन कायम गर्न तथा सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ । साथै, नियम उल्लङ्घन नगरी जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न सबै चालकलाई अनुरोध गरेको छ ।