२२ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत



अ+ अ-

काठमाडाैँ । अघिल्ला वर्षका तुलनामा ४०० मेट्रिकटन रासायनिक मल उपलब्ध गराइए पनि व्यवस्थापन र वितरण कार्य विधिलाई बेवास्ता गरिएका कारण जिल्लामा मलको अभाव देखिएको गुनासो गरिएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका प्रबन्धक हेमराज जोशीले यसवर्ष सात हजार ५०० मेट्रिकटनभन्दा बढी अनुदानको मल बिक्री वितरण हुँदा पनि अभाव देखिनुलाई आफूले आश्चर्य मानेको प्रतिक्रिया दिनुभयो ।

नौ वटा पालिका रहेको कञ्चनपुरमा गत वर्ष छ वटा पालिकामा सात हजार १०० मेट्रिकटन अनुदानको मल सहकारीमार्फत बिक्री वितरण हुँदा त्यस बेला मल अभावको स्वर नसुनिएको उहाँले स्पष्ट पार्नुभयो । स्थानीय बेलौरी, पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिकाका किसानले अनु्दानको मल धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट लैजाने गरेका छन् । शाखा प्रबन्धक जोशीले भन्नुभयो, “मल वितरणको विषय अनुसन्धान गर्नुपर्ने देखियो । पालिकाबाट अनुगमन आवश्यक छ । प्रशासन र हामीले मात्रै मल वितरणको नियमन गरेर पुगेन ।”

कञ्चनपुरका छ वटा पालिकाकालाई ११० सहकारीमार्फत मल वितरण भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सहकारीले पालिकाले तोकेको मूल्यभन्दा बढी रकम असुलेर मल वितरण गर्न पाइँदैन, सहकारीलाई युरिया प्रतिबोरा रु ९४४ मा उपलब्ध गराइएको छ ।” उक्त कार्यालयका अनुसार यसवर्ष गत वर्षभन्दा ५०० मेट्रिकटन युरिया मल बढी बिक्री भइसकेको छ । गत वर्ष पुर्नवास, लालझाडी र बेलौरीका किसानलाई महेन्द्रनगर शाखाबाटै मल वितरण गरिदा पनि सात हजार मेट्रिकटन वितरणले पुग्ने गरेको वितरण संस्थाले जनाएका छन् ।

प्रबन्धक जोशीले भन्नुभयो, “यसपटक तीन वटा पालिकालाई घटाएर सात हजार ५०० मेट्रिकटन मल वितरण हुँदा अभाव देखिनुले वितरणमा अनियमितताले शङ्का पैदा गरेको छ ।” यसैबीच, कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुरका तीन जना किसान सिमावर्ती भारतीय बजारमा युरिया मल सहित बिहीबार पक्राउ परेकामा जरिवाना तिरेर फर्केका बेलौरी नगरपालिका–२ का अध्यक्ष कलबीर चौधरी पक्राउ जानकारी दिनुभयो ।

उहाँका अनुसार, गोकुलपुरका धनबहादुर चौधरी, रमेश चौधरी र विकास चौधरीलाई भारतीय सुरक्षा बलले पक्राउ गरेकोमा उहाँहरु जनही रु एक हजार जरिवाना तिरेर घर फर्कनुभएको हो ।