६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाल प्रहरीको आधुनिकीकरण योजनाः साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने

नेपाल प्रहरीको आधुनिकीकरण योजनाः साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने
अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै सङ्गठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ ।

शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले प्रहरीको भावी स्वरूप र कार्ययोजनाबारे विस्तृत जानकारी दिनुभएको हो ।

प्रहरीले साइबर अपराध र स्क्यामिङका घटनालाई न्यूनीकरण गर्न ‘एन्टी साइबर स्क्याम सेन्टर’स्थापना गर्ने प्रश्ताव अघि बढाएको छ । साइबर ब्युरोमा रहने यस केन्द्रमा नेपाल प्रहरीसहित नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरू सम्पर्क व्यक्तिका रूपमा रहनेछन् । बढ्दो साइबर अपराधलाई दृष्टिगत गरी प्रहरी महानिरीक्षकले यस परियोजनालाई उच्च प्राथमिकतामा राख्नुभएको डीआईजी काफ्लेले बताउनु भयो ।

भौतिक पूर्वाधारतर्फ प्रहरीले केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहमा ‘इन्टिग्रेटेड कमाण्ड सेन्टर’ स्थापना गर्ने लक्ष्य राखेको छ । आपत्कालीन अवस्थामा सम्बन्धित सबै निकायका प्रतिनिधि एकै स्थानमा रहेर समन्वय गर्न यसले सहजता प्रदान गर्नेछ । यस्तै, ट्राफिक व्यवस्थापनलाई आधुनिक र सेवाग्राही केन्द्रित बनाउन सबै गस्ती टोली र सवारी साधनमा जीपीएस प्रणाली जडान गरिने भएको छ ।

गलत सूचना, भ्रामक जानकारी र ‘डिप फेक’ का माध्यमबाट उत्पन्न हुनसक्ने साम्प्रदायिक तथा सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सामाजिक सञ्जाल समन्वय डेस्कलाई प्रदेश स्तरसम्म विस्तार गरिने योजना छ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत यस्ता गतिविधिलाई समयमै पहिचान गरी निरुत्साहित गरिने प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धानलाई थप वस्तुनिष्ठ बनाउन सबै जिल्ला प्रहरी कार्यालयमा ‘साइबर डेस्क’ स्थापना गरिने भएको छ । साथै, विधि विज्ञान प्रयोगशाला र डिजिटल फरेन्सिक ल्याबलाई प्रदेश स्तरमा विस्तार गरी दक्ष जनशक्ति परिचालन गरिनेछ । प्रहरीले फेसियल रिकग्निसन सिस्टम, कल इन्टरसेप्सन, ब्लक चेन एनालाइसिस टूल्स र क्राइम सिन स्क्यानर जस्ता अत्याधुनिक उपकरण खरिद गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।

मानव स्रोत व्यवस्थापनतर्फ अनलाइन तालिम, नेतृत्व विकास र कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न नीति तयार भइरहेको काफ्लेले बताउनु भयो । साथै, प्रहरी पोशाक परिमार्जनका लागि गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा आवश्यक कार्य अघि बढाइएको छ ।

भारत सरकारको अनुदानमा काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको काम ९१ प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । करिव ८ सय २२ रोपनी जग्गामध्ये ६ सय ४६ रोपनीमा फैलिएको यस परियोजना अन्तर्गत ४८ वटा भवनसहित कुल ६७ वटा संरचनाहरू निर्माण भइरहेका छन् । प्रहरीले रेडियो सञ्चार प्रणालीको स्तरोन्नति र सहरी नाकाहरूमा एकीकृत स्मार्ट सीसीटीभी नेटवर्क विस्तारलाई समेत आफ्नो प्राथमिकतामा राखेको काफ्लेले बताउनु भयो ।