६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति

विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले विकास निर्माणमा देखिएको अन्तर–मन्त्रालय समन्वयको अभाव र प्रशासनिक क्षेत्रको बेथितिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार बसेको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले विकास आयोजनाहरूमा प्रभावकारी समन्वय र कर्मचारीहरूको आचरणमा सुधार हुनुपर्नेमा जोड दिनुभयो । यस्तै, सांसद गोपाल शर्माले कर्णाली प्रदेशको विद्युतीकरणमा भइरहेको ढिलासुस्ती र ठेक्का व्यवस्थापनको कमजोरी औंल्याउँदै सरकारको जवाफ माग गर्नुभयो ।

बैठकमा विकास प्रक्रियालाई परिणाममुखी बनाउन नीतिगत र प्रशासनिक सुधारको आवश्यकता औंल्याइएको छ । सांसद राईले विकास निर्माणमा देखिएको समन्वयको अभाव र प्रशासनिक बेथितिको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा शुक्रवार बोल्दै उहाँले देशको विकास प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्री र सचिवहरू थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद राईले एउटै स्थानमा सडक निर्माण हुने, विद्युतको तार बिछ्याइने र खानेपानीका पाइप फुट्ने जस्ता असम्बन्धित कार्यले विकासको कुरुप चित्र प्रश्तुत गरेको बताउनु भयो । उहाँले ऊर्जा, वन, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयबीच प्रभावकारी समन्वयको अभाव हुँदा विकासका कामहरू प्रभावित भएको उल्लेख गर्दै विगतमा तय गरिएका कार्यविधिहरू कार्यान्वयन गर्न माग गर्नुभयो ।

ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद राईले देशभर विद्युत सेवा सुनिश्चित गर्न र ट्रान्सफर्मर वितरणमा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गर्नुभयो । विशेष गरी सडक विस्तारका क्रममा विद्युत्का पोल सार्दा सर्वसाधारणबाट मोटो रकम असुल गर्ने गरिएको प्रति उहाँले आपत्ति जनाउनु भयो । उहाँले चार्जिङ सेन्टर र ट्रान्सफर्मर जडानमा भइरहेका अनियमितताको समेत छानबिन गर्न माग गर्नुभयो ।

प्रशासनिक क्षेत्रमा देखिएको बेथितिबारे टिप्पणी गर्दै उहाँले कर्मचारीहरू कार्यालय समयमा मोबाइल फोन र सामाजिक सञ्जालमा व्यस्त रहँदा सेवाग्राही मर्कामा परेको बताउनु भयो । सरकारी कार्यालयभित्र टिकटक बनाउने र व्यक्तिगत फोनमा समय बिताउने प्रवृत्तिको अन्त्यका लागि कडा नियम ल्याउन उहाँले सुझाव दिनुभयो । साथै, मन्त्रालयभित्र मन्त्री, सचिव र कर्मचारीबीचको सम्बन्ध सुमधुर हुनुपर्ने र सिस्टम (प्रणाली) बसाल्न नेतृत्वले पहल गर्नुपर्नेमा उहाँको जोड छ ।

विकास निर्माणमा जनताको अपनत्व हुनुपर्ने धारणा राख्दै सांसद राईले अमेरिकाको उदाहरण दिँदै नीति निर्माणमा तल्लो तहका नागरिकको सहभागिता हुनुपर्ने बताउनु भयो ।  सांसद राईले समितिका निर्णयहरूलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न र सोको प्रगति विवरण सांसदहरूलाई उपलब्ध गराउन सभापतिलाई आग्रह गर्नुभयो । उहाँले वन, विद्युत, सडक र खानेपानी मन्त्रालयबीच समन्वय गरी देशभरका समस्याहरूको पहिचान र समाधानका लागि एकीकृत योजना बनाउनुपर्ने सुझाव समेत दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले कर्णाली प्रदेशको विद्युतीकरण र प्रशारण लाइन निर्माणमा भइरहेको ढिलाइप्रति सरकार र नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउनु भयो सांसद शर्माले कर्णाली प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादनको क्षमता भएपनि प्रशारण लाइन र सब–स्टेसन निर्माण नहुँदा सो क्षेत्रको समृद्धिमा बाधा पुगेको बताउनु भयो । सांसद शर्माले नेपाल विद्युत प्राधिकरणले कर्णालीमा अपनाएको ‘एकीकृत ठेक्का’ (प्याकेज टेन्डर) प्रणालीको कडा आलोचना गर्नुभयो । सिङ्गो प्रदेशलाई एउटै प्याकेजमा राखेर ठेक्का गर्दा व्यवस्थापनमा समस्या भएको र कामको प्रगति न्युन देखिएको उहाँको भनाइ छ ।

विद्युत सेवाको गुणस्तर र जनशक्ति अभावको चर्चा गर्दै उहाँले विकट जिल्लाहरूमा हप्तौंसम्म विद्युत अवरुद्ध हुने गरेको यथार्थ प्रश्तुत गर्नुभयो । साविकका दुईवटा गाविस बराबर एकजना मात्र प्राविधिक कर्मचारी खटाइएको भन्दै उहाँले जनशक्ति व्यवस्थापनमा देखिएको कमजोरी औंल्याउनु भयो ।