२२ श्रावण २०८३, शुक्रबार
,
Latest
जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी पाँच कुटनैतिक नियोग बन्द गरिँदै स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल नेपाल शिक्षक महासंघले भन्यो–अबको आन्दोलन विगत भन्दा सशक्त हुनेछ सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रिय अभिलेख (रेकर्ड) मा राख्न नमिल्ने भन्दै त्यसलाई सच्याउन वा हटाउन माग गर्नुभएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्री साहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गर्नुभयो। उहाँले उक्त अभिव्यक्ति नहटेसम्म विपक्षी दलहरूको संसद अवरोध कायमै रहने चेतावनीसमेत दिनुभयो।

दुलालले राष्ट्रियता र नेपालको भू–भागसँग सम्बन्धित संवेदनशील विषयमा प्रधानमन्त्रीको विवादास्पद भनाइलाई संसद्को रेकर्डमा राख्न नसकिने बताउँदै सभामुखबाट आवश्यक रुलिङ गर्न आग्रह गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई संसदमा बोलाएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्न वा सच्याउन निर्देशन दिनुपर्ने धारणा राख्नुभयो।

उहाँले आवश्यक परे राष्ट्रका लागि रगत बगाउन र बलिदान दिन तयार रहेको उल्लेख गर्दै राष्ट्रहितविपरीत देखिने कुनै पनि अभिव्यक्ति संसद्को अभिलेखमा रहन नहुने बताउनुभयो।

दुलालले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनेर दिनुभएको अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौँ। यो राष्ट्रियता र हाम्रो भूभागसँग जोडिएको विषय हो। त्यसैले उक्त अभिव्यक्ति रेकर्डबाट हटाइयोस्, नभए सभामुखबाट रुलिङ होस् र प्रधानमन्त्रीलाई संसदमा बोलाएर जवाफ दिन लगाइयोस्।”

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र साहले संसदमा भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिनुभएको थियो। त्यसयता विपक्षी दलहरूले उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै लगातार संसदमा विरोध जनाउँदै आएका छन्।