२२ श्रावण २०८३, शुक्रबार
,
Latest
विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा मोबाइल सेवाको गुणस्तर सुधार गर्न दूरसञ्चार प्राधिकरणको ८ बुँदे निर्देशन, प्रमुख शहरबाट ५जी सेवा सुरु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छः महामन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीभित्र सिर्जना गरिएका अवरोध र अन्योललाई चिर्दै अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको हो ।

महामन्त्री पौडेलले पार्टीमा हुने निर्णयहरू प्रक्रियागत र विधिसम्मत हुनुपर्ने बताउनु भयो । विशेष महाधिवेशनको सन्दर्भमा चर्चा गर्दै उहाँले यसको औचित्य पुष्टि गर्न आफूहरू कानूनी रूपमा समेत तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रक्रियागत जटिलतामा अल्झिएर कार्यकर्ताहरू निरुत्साहित हुन नहुने र तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री पौडेलले देशको लोकतन्त्रको रक्षाका निम्ति नेपाली काँग्रेस बलियो हुनु अनिवार्य रहेको उल्लेख गर्नुभयो । पार्टीलाई एकीकृत र सङ्गठित रूपमा अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वलाई साथ दिँदै सबैले मेहनत गर्नुपर्ने उहाँको भनाइ छ । काँग्रेसलाई राजनीतिक उचाईमा पु¥याउन र उत्साहजनक ढङ्गले सङ्गठन विस्तारमा लाग्न उहाँले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।




भर्खरै