२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री… सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु



अ+ अ-

कर्णाली। नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए।

बेहोसीमै कर्णाली प्रदेश अस्पताल पु्याइएका उनको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो।

वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका–४ हर्रे आइपुग्दा बेहोस भएका थिए। उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि निजको उद्धार गरिएको थियो।




भर्खरै