२१ श्रावण २०८३, बिहीबार
,
Latest
राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने मन्त्री पोखरेल समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह



अ+ अ-

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिएपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  बिहीवार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपरको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । बैठकमा सांसद सिंहले जनसंख्याको अनुपातमा सुरक्षाकर्मीको संख्या नेपालमा विश्वकै उच्च रहेको दाबी गर्नुभयो । राज्यले शिक्षा, विज्ञान र प्रविधिको विकासका लागि विधेयक ल्याउनुको सट्टा सुरक्षा संयन्त्र मात्र विस्तार गर्न खोजेको उहाँको आरोप छ ।

सांसद सिंहले सुरक्षा निकायको परिचालन र नियतमाथि प्रश्न उठाउँदै मधेसी, जनजाति, दलित र थारु समुदायको आन्दोलनलाई दबाउन सुरक्षा बल प्रयोग गर्ने गरिएको टिप्पणी गर्नुभयो । उहाँले सुरक्षा निकायको यो उपस्थितिले समुदाय विशेषमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरेको भन्दै मधेसबाट सशस्त्र प्रहरी फिर्ता गर्न माग गर्नुभयो । आन्दोलन र राष्ट्रियताको सन्दर्भमा बोल्दै सांसद सिंहले सधैँ गरिब र विपन्न वर्गका नागरिकले मात्र बलिदान दिनुपरेको तर नेतृत्व तहका व्यक्तिका सन्तान कहिल्यै पीडित नभएको तर्क गर्नुभयो ।

राष्ट्रियताको परिभाषा र युवा पलायनका विषयमा उहाँले सरकारको आलोचना गर्नुभयो । युवाहरू मलेसिया, कतार र साउदी अरबमा श्रम गर्न बाध्य भइरहेको अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्नुको सट्टा सैन्य स्वरूपको क्याडर तयार पार्नु बेकुफी भएको उहाँको तर्क छ । युवाहरूलाई विदेश जानबाट रोकेर स्वदेशमै रोजगारी दिनु नै वास्तविक राष्ट्रियता हुने उहाँले उल्लेख गर्नुभयो । सांसद सिंहले राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायको पछिल्लो गतिविधि र परिचालनबारे विस्तृत छलफल गर्न माग समेत गर्नुभएको छ ।–न्युज एजेन्सी नेपाल

 




न्यूजपोलारबाट थप समाचार