२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। सोही क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनका लागि गठित विभिन्न समितिका संयोजकहरूसँग बुधबार बैठक तथा छलफल गरेका छन्।

बैठकमा अध्यक्ष लिङ्देनले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन प्रत्येक समितिलाई शीघ्र पूर्णता दिन निर्देशन दिएका छन्। उनले आ–आफ्नो समितिको विस्तृत कार्ययोजना तयार गरी अविलम्ब कार्य प्रारम्भ गर्न संयोजकहरूलाई आग्रह गरेका छन्।

महाधिवेशन तयारीका लागि गठित समितिहरूले जिम्मेवारीअनुसार समयमै काम अघि बढाउनुपर्नेमा जोड दिँदै लिङ्देनले सबै तहका नेता–कार्यकर्ताबीच समन्वय र सक्रियता आवश्यक रहेको बताए।

राप्रपाले महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको भन्दै तयारीलाई थप प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक सबै कामलाई तीव्र गतिमा अघि बढाउने जनाएको छ।




न्यूजपोलारबाट थप समाचार