२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षा व्यवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा रास्वपा सांसद नीतिमा भण्डारीले विमानस्थलमा सर्वसाधारणले भोग्दै आएका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै आफन्त कुर्न जाने नागरिकबाट शुल्क उठाउने व्यवस्था अनुचित भएको बताउनुभयो। विकसित मुलुकमा शुल्क तिरेर सुविधासहितको लाउन्ज प्रयोग गर्ने व्यवस्था भए पनि नेपालमा न्यूनतम पूर्वाधारसमेत नहुँदा नागरिकमाथि अनावश्यक आर्थिक भार परेको उहाँको भनाइ थियो।

सांसद भण्डारीले विमानस्थलमा कार्यरत निजी सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि असन्तुष्टि जनाउँदै नागरिकसँग गरिने व्यवहार मर्यादित र सम्मानजनक हुनुपर्नेमा जोड दिनुभयो। सुरक्षा निकायहरूले आफ्ना कर्मचारीलाई सेवामुखी र शिष्ट व्यवहारका लागि आवश्यक निर्देशन दिनुपर्ने उहाँको धारणा थियो।

उहाँले विमानस्थलको भौतिक पूर्वाधार पनि जोखिमपूर्ण रहेको उल्लेख गर्दै र्याम्प र लिफ्टको अवस्था सुधार गर्न माग गर्नुभयो। नेपाल आउने पर्यटक तथा वैदेशिक रोजगारीबाट फर्कने नेपालीका लागि विमानस्थल नै पहिलो छाप हुने भएकाले यसको पूर्वाधार सुरक्षित, व्यवस्थित र नागरिकमैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो।

बैठकमा रास्वपा सांसद जगदीश खरेलले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाउनुभयो। उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सुरक्षा सम्बन्धी प्रतिवेदनलाई बेवास्ता गरिएको भन्दै त्यसको तत्काल अध्ययन गर्न सरकारसँग माग गर्नुभयो।

सांसद खरेलले विमानस्थलको सुरक्षामा गम्भीर कमजोरी रहेको दाबी गर्दै व्यापारिक स्वार्थका लागि सुरक्षा मापदण्ड उल्लंघन गरिएको आरोप लगाउनुभयो। विमानस्थलको ग्रिल काटेर होटल र निजी भवनतर्फ पुग्ने अनधिकृत प्रवेशद्वार बनाइएको विषयले सुरक्षा जोखिम बढाएको उहाँको भनाइ थियो।

विमानस्थलको पार्किङ र प्रतीक्षालयमा असुल भइरहेको शुल्कप्रति पनि उहाँले असन्तुष्टि जनाउँदै राज्यको सम्पत्तिको दुरुपयोग र नागरिकमाथिको आर्थिक शोषण रोक्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।




न्यूजपोलारबाट थप समाचार
भर्खरै