६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु
अ+ अ-

काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम शुरु गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र सूचनाप्रविधिको तिव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दे फाउण्डेशनले नयाँ पाठ्यक्रम संचालनमा ल्याएको हो ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षतासहित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम संचालमा आएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर. पंकज जालानले जानकारी दिए । ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रमका लागि फाउण्डेशनले डीएलए कन्सल्टिङसंग सहकार्य गरेको छ ।

नयाँ पाठ्यक्रमको शुभारम्भ कार्यक्रममा फाउण्डेशनका अध्यक्ष इन्जिनियर जालानले एआई भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, रिपोर्ट निर्माण र दैनिक कार्यालयका कामसम्म अत्यावश्यक भइसकेको बताए ।
उनले भने, ‘केही वर्षअघिसम्म मानिसले घण्टौँ लगाएर गर्ने काम अहिले एआईले केही मिनेटमै गर्न थालेको छ । यही परिवर्तनसँगै नेपालमा पनि एआईलाई टुल चलाउने प्रविधिका रुपमा होइन, शिक्षा, व्यवसाय र व्यवस्थापनसँग जोडेर पाठ्यक्रम विकास गर्न लागिएको हो ।’

अध्यक्ष जलानका अनुसार यो कार्यक्रमको उद्देश्य विद्यार्थीलाई केवल एआई सफ्टवेयर वा टुल बनाउने प्राविधिक ज्ञान दिनु मात्र होइन, बजारमा उपलब्ध एआई टुललाई वास्तविक जीवन र व्यवसायमा कसरी प्रयोग गर्ने भन्ने सिकाउनु पनि हो ।
नयाँ पाठ्यक्रम शुभारम्भ कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकास तथा एआईको वर्तमान र आगामी भविश्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

लर्डबुद्धले भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारी समेत गरेको छ । विदेशबाट एआई सर्भर नेपाल भित्र्याउने तयारी समेत भएको फाउण्डेशनले जनाएको छ । लर्ड बुद्धका लागि एआई ल्याब केवल एउटा कोठामा राखिने सर्भर वा नयाँ उपकरण मात्र नभई, एआई शिक्षालाई व्यवहारमा उतार्ने मुख्य आधार बन्ने अपेक्षा गरिएको छ ।

भौतिक ल्याब बनाएर विद्यार्थीलाई कम खर्चमा प्रत्यक्ष अभ्यास गर्ने अवसर दिन लागिएको फाउण्डेशनले जनाएको छ । आफ्नै सर्भरमा एआईसम्बन्धी प्रयोग, परीक्षण र सिकाइ गर्न पाउने भएपछि विद्यार्थीले किताब वा भिडियोमा मात्र सीमित नभई प्रविधिलाई प्रत्यक्ष रुपमा बुझ्ने अवसर पाउनेछन् । यससँगै विद्यार्थीले ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, रिसर्च पेपर, जर्नल र पुस्तकहरुको पहुँचसमेत पाउनेछन् ।

कार्यक्रममा डिएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले कृत्रिम बुद्धिमता सूचन प्रविधिको एउटा अंग मात्र नभई हरेक संस्थाको रणनीतिक निर्णय प्रक्रीयाको अभिन्न अंग बनिसकेको बताए । न्यौपानले भने, ‘एआई सम्वन्धी अन्तराष्ट्रियस्तरको पाठ्यक्रमलाई काठमाडौं ल्याएर हामीले केवल अर्को शैक्षिक डिग्री थपिरहेका छैनौं, बरु नेपालको भावी व्यवसायिक नेतृत्व निर्माण गर्ने नयाँ आधारशिला तयार गर्दैछौं ।’ नेपालको सूचना प्रविधि अर्थतन्त्र विकासको सबैभन्दा महत्वपुर्ण अंग बनिसकेको न्यौपानेले बताए ।