६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली

विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली
अ+ अ-

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले ३२औँ विश्व आदिवासी दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइने जानकारी दिएको हो।

संयुक्त राष्ट्रसंघको घोषणाअनुसार प्रत्येक वर्ष अगस्ट ९ मा मनाइने विश्व आदिवासी दिवस यस वर्ष ‘प्राप्त अधिकार रक्षा आजको आवश्यकता! पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!!’ भन्ने मूल नाराका साथ मनाउन लागिएको महासंघका महासचिव विमल सारु मगरले जानकारी दिनुभयो।

उहाँले संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको मर्मअनुसार आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

महासंघका अनुसार साउन २४ गते देशभरका आदिवासी जनजातिहरू मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत र परम्परागत नृत्यसहित काठमाडौंको भृकुटीमण्डपमा भेला हुनेछन्। त्यहाँबाट सुरु हुने र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै टुँडिखेलस्थित खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ।

मूल समारोहको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा विभिन्न आदिवासी जनजातिका मौलिक सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनुका साथै रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण गरिनेछ।

यस्तै, आदिवासी जनजातिका अधिकार, भाषा, संस्कृति र पहिचानलगायत विषयमा विज्ञहरूसँग प्यानल छलफलसमेत आयोजना गरिने महासंघले जनाएको छ।

महासंघले विश्व आदिवासी दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने जनाएको छ। भाषा, संस्कृति, सभ्यता, इतिहास, परम्परागत ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नु राष्ट्रको साझा दायित्व भएको उल्लेख गर्दै महासंघले संविधानमा व्यवस्था भएका समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, समान अवसर, मातृभाषा संरक्षण, सांस्कृतिक अधिकार तथा आदिवासी जनजातिको सम्मानजनक सहभागिताको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।