२१ श्रावण २०८३, बिहीबार
,
Latest
विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो ?



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गर्नुभएको हो ।

उहाँले  तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई  लोक कल्याणकारी बनेर देखाउन समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन् । तर अस्पताल पुगेपछि थाहा हुन्छ कार्ड छ सेवा छैन । बीमा छ औषधि छैन । आश्वासन छ तर उपचार छैन । गगन थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले स्वास्थ्य बीमाकै बीमा गर्नुपर्ने अवस्थामा पु¥यायो । कतै यसको जन्मदाताको प्रसंशा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ? बिरामी सोध्छन् बीमा गरेर के पाइयो ? अस्पताल सोध्छ भुक्तानी कहिले आउँछ ? तर सरकारका प्रतिवेदनमा भने सबै कुरा सुस्त देखिन्छ । सरकारलाई आग्रह छ कि भाषण होइन उपचार देउ, प्रचार होइन औषधि देउ, प्रतिवेदन होइन परिणाम देउ । लाचारी होइन लोककल्याणकारी बनेर देखाउ सरकार । अध्यक्षज्यू यो जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकोले तत्काल कार्यान्वयनको लागि रुलिङ गरियोस् ।’

उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ सभाका अध्यक्षको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल

 




भर्खरै