६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना
अ+ अ-

काठमाडाैँ । काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गर्न लागिएको छ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ ।

‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउने संरचनामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “विशेषगरी उत्तर–पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनःसंरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन सक्छ ।”

सदस्य थापाले काठमाडौँ उपत्यकाको पूर्व–पश्चिम सम्पर्कलाई थप प्रभावकारी बनाउन नयाँ पूर्वाधार विकास आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बढ्दो सहरीकरण र सवारी चापलाई मध्यनजर गर्दै दीर्घकालीन सोचका साथ पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । “यो गुरुयोजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुनेछ,” उहाँले भन्नुभयो ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गुरुयोजनाले सहरी यातायात सुधारका लागि पूर्वाधार विकास र सार्वजनिक यातायात सुधारका कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँका अनुसार योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रम प्रस्ताव गरिएको छ ।

उहाँले गुरुयोजनाको पूर्ण कार्यान्वयनबाट सन् २०५० सम्म काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिइएको बताउनुभयो । चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व–पश्चिम जोडमार्गको विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट विकल्पसमेत योजनामा समेटिएको उहाँले जानकारी दिनुभयो ।

हालको सार्वजनिक यातायात प्रणालीलाई यात्रुमैत्री बनाउन संरचनागत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सहसचिव ढकालले यातायात सञ्चालनलाई कम्पनी मोडलमा रूपान्तरण, रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि गुरुयोजनाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, ठमेल, केएमसी दरबार, एलएमसी दरबारमा कार पार्किङ, साइक्लिङ पथ, ट्राफिक सेफ्टी, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जालको विकास र चक्रपथ सडकबाहिर पार्किङ सुविधाजस्ता विषय गुरुयोजनामा समावेश गरेको छ ।

गुरुयोजनामा महाराजगञ्ज र चाबहिल–गौशाला भूमिगत मार्ग, चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघरमा आकासे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातदोबाटो–गोदावरी जोड्ने नयाँ कर्मनाशा पुल, चौडा चक्रपथ, थापाथली–त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार कोरिडोरको स्तरोन्नति तथा बौद्धमार्ग सडक चोक सुधार योजनालाई समावेश छ । गुरुयोजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकासे सडक र ठूला बसको एकीकृत सञ्चालनमार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले तीव्र सहरीकरण, बढ्दो सवारीसाधनको चाप र बढ्दो लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न दीर्घकालीन र समग्र यातायात योजना अपरिहार्य रहेकोमा जोड दिएको छ । पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको उक्त गुरुयोजनाले एकीकृत, दक्ष, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायात प्रणालीको विकासका लागि दीर्घकालीन रणनीतिक मार्गदर्शन प्रदान गरेको छ । योजनाले दिगो सहरी विकासलाई प्रवर्द्धन गर्दै आधुनिक, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ । रासस