१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

३५ वर्षीय वामपन्थी नेता चिलीको राष्ट्रपतिमा निर्वाचित

३५ वर्षीय वामपन्थी नेता चिलीको राष्ट्रपतिमा निर्वाचित
अ अ+ अ-

एजेन्सी । चिलीको राष्ट्रपतिमा पूर्वविद्यार्थी निर्वाचित भएका छन् । वामपन्थीको तर्फबाट पूर्वविद्यार्थी नेता ग्याव्रियल बोरिक राष्ट्रपति चयन भएका हुन्। 

विपक्षी दक्षिणपन्थीको तर्फबाट उम्मेद्वारी दिएका होजे एन्टोनियो कास्टलाई हराउँदै ३५ वर्षीय बोरिक चिलीको नयाँ राष्ट्रपति बन्न सफल रहे । योसँगै बोरिक चिलिको सबैभन्दा कान्छो राष्ट्रपति समेत बनेका छन् । कुल मतमध्ये बोरिकले ५६ प्रतिशत मत पाएका थिए भने विपक्षी कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका थिए ।

निर्वतमान राष्ट्रपति सेबास्टियन पिनेराले भिडियोमार्फत बोल्दै नवनिर्वाचित राष्ट्रपति बोरिकलाई बधाई तथा शुभकामना दिएका छन् भने उनले बोरिकको सरकारलाई पूर्ण समर्थन गर्ने जनाएका छन् ।

सरकारविरोधी विभिन्न प्रदर्शनपछि चिलिमा राष्ट्रपति चुनाव सम्पन्न भएको थियो ।

बोरिकले विद्यार्थी नेताको रुपमा राजधानी सान्टिगोका विश्वविद्यालयमा विद्यार्थी संघको नेतृत्व गरेका थिए । सन् २०११ मा बोरिकले सस्तो, सर्वसुलभ र परिमार्जित शिक्षाको माग गर्दै आन्दोलनको नेतृत्व गरेका उनी तत्कालिन समयमा प्रख्यात बनेका बनेका थिए ।

निर्वाचित भएपछि बोरिकले असमानता हटाउने प्रतिबद्धता व्यक्त गर्दै पेन्सनको व्यवस्था, स्वास्थ्य प्रणालीमा सुधार र साताको ४० देखि ४५ घण्टासम्मको कार्यअवधि बनाउने बताएका छन् ।