२० श्रावण २०८३, बुधबार
,
Latest
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय पद्धतिमा आधारित कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले अब कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

संसदीय अभ्यासमा लागेका कम्युनिस्ट पार्टीहरूले दुई–तिहाइ बहुमत नजिक पुगेर पटक–पटक सरकारको नेतृत्व गरे पनि राज्यका निकायहरूमा कुनै ठोस परिवर्तन गर्न नसकेको उहाँको आरोप छ । मुलुकको विद्यमान राजनीतिक सङ्कट समाधानका लागि नेपालको राजनीतिले नयाँ निकास खोजिरहेको उल्लेख गर्दै उहाँले चार मित्र शक्तिहरूबीचको सहकार्यमा जोड दिनुभयो । देशका शक्तिहरू गम्भीर भएर एकै ठाउँमा उभिए मात्र मुलुकले नयाँ दिशा पाउने उहाँको तर्क छ ।

महासचिव विप्लवले कम्युनिस्टहरूबीचको एकता मात्र पर्याप्त नहुने बताउँदै आम जनताका समस्याहरूलाई सम्बोधन गर्ने गरी एकीकृत आन्दोलन निर्माण गर्नुपर्ने बताउनु भयो ।  कम्युनिस्टहरूले आफ्नो मूल लक्ष्य र उद्देश्यलाई आत्मसात् गर्दै जनतालाई सही दिशा निर्देश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।