२० श्रावण २०८३, बुधबार
,
Latest
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडाैँ । संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन तथा प्रचलित कानून बमोजिम परियोजना सम्झौताको कार्यान्वयन अवस्थाको सूक्ष्म मूल्याङ्कन गर्न निर्देशन दिएको हो ।

समितिका सभापति समीक्षा बास्कोटाले बैठकको निर्णय सार्वजनिक गर्दै समाज कल्याण परिषद् ऐन, २०४९ र नियमावली, २०४९ को व्यवस्थाअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्बाट स्वीकृत परियोजनाहरूको कार्यान्वयनलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।

समितिले परियोजना सम्झौता (प्रोजेक्ट एग्रिमेन्ट) बमोजिम तोकिएका उद्देश्य र कार्यहरू पूरा भए–नभएको विषयमा नियमित एवं प्रभावकारी अनुगमन र मूल्याङ्कनको व्यवस्था मिलाउन सरकारलाई निर्देश गरेको छ ।

यसैगरी, समितिले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसदको विधायकी अधिकारका सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूसँग स्पष्टीकरण माग गर्ने निर्णय समेत गरेको छ । एमनेष्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिष्ट (आईसीजे) र ह्युमन राइट्स वाचले २०८३ साउन ८ गते जारी गरेको विज्ञप्तिले नेपालको विधि निर्माणको अधिकारमाथि प्रश्न उठाएको ठहर गर्दै समितिले ती संस्थासँग आधिकारिक प्रमाणसहित स्पष्टीकरण लिन निर्देशन दिएको हो ।

समितिले ती संस्थाहरूबाट प्राप्त हुने स्पष्टीकरण र सोको जानकारी समितिलाई गराउन समेत सरकारलाई निर्देशन दिएको छ । बैठकमा बोल्दै सभापति बास्कोटाले राष्ट्रिय सार्वभौमिकता र संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप हुनेगरी जारी गरिने अभिव्यक्तिहरूप्रति समिति गम्भीर रहेको उल्लेख गर्नुभयो ।