१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटलाई केल्मीको साथ



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलकुद पोसाक कम्पनी केल्मीले नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गर्ने भएको छ । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गन आईतबार (आज) नेपाल क्रिकेट संघ (क्यान) र केल्मीबीच दुई वर्षे सम्झौता भएको हो । सम्झौंतामा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मीका नेपाल निर्देशक प्रदिप न्यौपानेले हस्ताक्षर गर्नु भयो ।

सम्झौता अनुसार केल्मीले नेपालीको सिनियर, जुनियर र महिला टिमलाई केल्मीले आवश्यक पर्ने पोसाक प्रायोजन गर्नु पर्नेछ । सम्झौता २०२२ बाट सुरु भएर २०२३ को अन्तिमसम्ममा रहने क्यानले जनाएको छ  । 

सम्झौता पछि बोल्दै क्यान अध्यक्ष चन्द र केल्मीका नेपाल निर्देशक न्यौपानेले आपसको साझेदारीले दुबैलाई साथ मिल्ने बताउनु भयो । क्रिकेटको बर्षमा कम्तिमा १३ टुर हुने भएकोमा सो सम्झौता राम्रो हुने आशा दुबै पक्षले राखेका छन ।