२० श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह नेपाल–चीनबीच सांस्कृतिक सहकार्य विस्तार गर्ने सहमति, परम्परागत कला र पर्यटन प्रवर्द्धनमा जोड विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्या नियुक्त न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैनः मुख्य रजिस्ट्रार पौडेल एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साबाट फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं । पर्सा प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीले चेक अनादारमा छ, चोरीमा एक, कुटपिट दुई, घरेलु हिंसा तीन र बिगो भरिभराउ एक गरी १३ जनालाई पक्राउ गरेको हो ।

बिगो भरिभराउ मुद्दा शीर्षकका प्रतिवादी एक जनालाई दुई वर्ष कैद तोकिएको छ ।

त्यसैगरी चेक अनादार छ जनालाई रु आठ हजार ५०० जरिवाना, चोरीका एक जनालाई रु पाँच हजार, कुटपिटका दुई जनालाई रु छ हजार र घरेलु हिंसाका तीन जनालाई रु १५ हजार जरिवाना गरिएको छ ।