१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सांसद विकको प्रश्न– जाजरकोट भूकम्पपीडितले अझै कति समय टहरामै बस्नुपर्ने हो ?



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जाजरकोटका भूकम्पपीडितको पुनस्र्थापनाको कार्यलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले परिचालन गरेको जनशक्ति भूकम्पपछिको पुनर्निमाण कार्यका लागि पर्याप्त नरहेको भन्दै जनशक्ति थप्न समेत माग गर्नुभयो । उहाँले जाजरकोटका भूकम्पपीडितले अझै कति समय टहराभित्र बसिराख्ने हुन् ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले  देशका विभिन्न स्थानमा ग्यास अभावका कारण नागरिकले सास्ती भोगिरहेको उल्लेख गर्दै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन र समस्या समयमै समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद विकले साइबर बुलिङका घटना बढ्दै गएको भन्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रभावकारी नियमन गर्न समेत सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले सामाजिक सञ्जाल नियमन गर्न नसके साइबर बुलिङका कारण आत्महत्याजस्ता गम्भीर सामाजिक समस्या थप बढ्न सक्ने भन्दै सरकारले यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद विकले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल