१८ श्रावण २०८३, सोमबार
,
Latest
सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन ​नार्पाभूमि गाउँपालिकामा बेरुजु ‘शून्य’ : वित्तीय अनुशासन र सुशासनको उदाहरणीय सफलता मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन दुर्गा प्रसाईंविरुद्ध ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद माग नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक



अ+ अ-

काठमाडाैँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले सोमबार सूची सार्वजनिक गर्दै निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय,प्रादेशिक,सामुदायिक,शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ,जसबाट निःशुल्क उपचारसम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो। मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालहरूले आरक्षित शय्याको विवरण नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ।

मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन,समस्या भए गुनासो गर्न तथा सेवा प्राप्तिमा समन्वय गर्न आग्रह गरेको छ।