२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाण्डेको प्रश्नः बीबीसीमा नैतिकता पढाउने मिश्रले नेता भएपछि त्यो पालना गर्नु पर्दैन ?



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्‍डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्‍पष्‍टीकरण बुझाएका छन् ।  अध्यक्ष मिश्रले कारबाहीको लागि पाण्डेलाई गत पुस १ गते सोधिएको स्पष्टीकरणको पाण्डेले जवाफ पठाएका हुन् ।

पाण्डेले स्पष्टीकरणको जवाफ लेख्दै मुद्दा निर्वाचन आयोगमा चलिरहेको र त्यसपछि अदालतमा जाने हुँदा पार्टीको भाद्र १७ गतेपछिको कुनै पनि गतिविधि नस्वीकार्ने जवाफमा स्पष्ट पारेका छन्।

मिश्रले निर्वाचन आयोगमा आफूलाई ९१ जनाको समर्थन रहेको छ भनी बुझाएको सङ्ख्यामाथि प्रमाण प्रस्तुत गर्न पाण्डेले चुनौती दिएका छन् । रवीन्द्र मिश्रले कीर्ते गरेको निर्वाचन आयोगले समेत बुझेर निर्वाचन आयोगले स्पष्टीकरण सोध्दासमेत नैतिकताको आधारमा राजीनामा किन नदिएको ? भन्ने पाण्डेको प्रश्न छ । 

पाण्डेको प्रश्न गरेका छन्, ‘तपाईँलाई जुन एकीकरणको दस्ताबेजले अध्यक्ष बनायो, त्यो दस्ताबेज विपरीत मिडियावाजी गर्ने र पार्टीलाई सिद्ध्याउने क्रियाकलापमा लागेपछि पनि तपाई त्यही अध्यक्ष पदमा बसिरहन मिल्छ ? बीबीसीमा नैतिकताको पाठ पढाउने पत्रकार रवीन्द्र मिश्रले नेता भएपछि त्यो नैतिकता देखाउन पर्छ की पर्दैन ?’