३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

कांग्रेसमा तीन मुख चार गुट, कोइराला क्याम्पभित्र फुटैफुट

कांग्रेसमा तीन मुख चार गुट, कोइराला क्याम्पभित्र फुटैफुट
अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसमा यतिखेर प्रस्टै देखिने गरी चार ओटा गुट सक्रिय देखिन्छन् । पहिलो र ठूलो अर्थात निर्वाचन आयोगले नै मान्यता दिएको गुट स्वयं गगन थापा नेतृत्वको हो । जसले विशेष महाधिवशेनपक्षधर समूहको नेतृत्व गरेको छ । हुनत कानुनतः भन्नुपर्दा अब यो गुट नभएर पार्टी हो, तर जसले ‘संस्थापन पक्ष’ को औपचारिक मान्यता पाएको छ त्यसपति त्यस इतरको समूह सन्तुष्ट छैन ।

गगन थापा नेतृत्वको पार्टीलाई गुट भन्न त नमिल्ने हो तर अहिले पनि यसको राजनीतिक हैसियत भने गुटभन्दा माथि उठ्न सकेको नै देखिँदैन । किनभने उनीसँग निवर्तमान सभापति पनि छैनन् र नत यसअघि कोइराला भनिएको अर्थात देउवा इतरको समूहको नेतृत्व गरेका डा शेखर कोइराला नै उनको साथमा छन् ।

अहिलेको इतर समूह भनेको ‘देउवा गुट’ हो, यसको नेतृत्व अहिले पूर्णबहादुर खड्काले गरिरहको भएपनि । पुराना र कांग्रेसका नाममा गुनेचिनेका नेताहरु यो गुटमा धेरै छन् । पूर्णबहादुर खड्का, शशांक कोइरला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकासशरण महत, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, मीन विश्वकर्मा, एनपी साउद आदि लामै सूची बनाउन सकिन्छ ।

यी हिजो दिग्गज नेताका नाममा कांग्रेस भजाई खाएका अनि कतिपय त आफ्ना पिताजीका नामबाट राजनीतिमा स्थापित भएका नेताहरु मिलेर बनेको गुटको अहिलेको मुख्य परिचय भनेको गगन थापासँगको प्रतिस्पर्धा नै हो । अनि यही गुट हो जो हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विजातीय साँठगाँठ गर्दा पार्टी जेन जी विद्रोहको तारो बन्नु परेको थियो ।

हिजोका दिनमा पार्टीभित्र तेस्रो समूह खासै थिएन । एक समय कृष्णप्रसाद सिटौलाले तेस्रो धार जन्माएका त थिए तर त्यसको अस्तित्व धेरै लामो समय सम्म रहेन र छिट्टै छिन्नभिन्न बन्यो ।

हो, त्यही तेस्रो धु्रवले जन्माएका नेता हुन् गगन थापा । किनभने यसअघिको उनको हैसियत विद्यार्थी नेतामै सीमित थियो र केही समय मात्र केन्द्रीय सदस्य । तर पछि यही तेस्रो ध्रुवका रुपमा जन्मिएको गुटबाटै उनी महामन्त्रीको उम्मेदबारका रुपमा उदाएका हुन् पार्टीको तेह्रौँ महाधिवेशनमा । त्यो पटक उनी ३०० मात्र मतको हाराहारीमा सीमित रहे । पछि भने उनले सिटौला ग्रुप छोडे र डा शेखर कोइरालाको साथ पनि छोडे । अनि आफ्नै गुट जन्माए र त्यही गुटबाटै चौधौँ महाधिवेशनमा पार्टीको महामन्त्रीको उम्मेदबार बनेर जिते ।

तर आज तेस्रो समूहको नेतृत्वमा डा शेखर कोइरालाको गुट देखिएको छ । हिजो अस्तीसम्म उनी बाध्यताले देउवा गुटसँगै लतारिँदै आएका थिए तर, केही दिनयता तिर भने उनी त्यो गुटको अस्तित्वमा पनि उभिएको देखिएको छैन । डा कोइराला गुट अहिले सबैभन्दा अन्योलग्रस्त अवस्थामा देखिएको छ ।

डा शेखर १४ औं महाधिवशेनमा सभापतिका लागि देउवाका मूल प्रतिस्पर्धी थिए । गगन थापाले उनकै समूहबाट महामन्त्री जिते । गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर निर्वाचन लडिसकेका कोइरालालाई विशेष महाधिवशेन र थापाको नेतृत्व स्वीकार गर्न किन र के गाह्रो परेको हो ? कसैले बुझेको छैन ।

हिजो गगन इतरको अर्थात् देउवा समूहकै साथमा आड लाउँदै आएका डा कोइरालाको अवस्था त पुरानै हो तर पनि अहिले पनि एउटा नयाँ चुनौती पनि थपिएको छ । त्यो चुनौती भनेको कोइराला गुट भन्ने नामको हो । कांग्रेसभित्र कोइराला गुट भन्नाले विपी कोइरालाको लिगेसी धानिरहेका शेखर, शशांक र अलिकति सुजाता पनि पर्दथिन् ।

आज यी कुनै नाम शेखरसँग त छैनन् नै, त्यसैमा पनि अझै देउवा समूहको आगामी भेलाको संयोजक नै डा शशांक कोइरालालाई अघि सारिएपछि अब कोइरालभित्र पनि गुटै गुट देखिएको छ । शकांक विपी पुत्र हुन् र हिजो १४ औँ महाधिवेशनमा देउवाको पोल्टामा पुगेका उनी अहिले पनि त्यतै खुल्दै आएका छन् । त्यसकारणले कोइराला गुटको नेतृत्व गर्ने शेखरलाई अब यसको असर पर्न पनि सक्दछ ।

यतिमात्र नभएर हिजोका दिनको उनकै गुट फुटेर अहिले कांग्रेसमा चौथो धारले पनि जन्म लिएको छ । जस्तो कि यो धारको नेतृत्व अब शंकर भण्डारीले गर्ने भएका छन् । यहाँ पनि पुराना कांग्रेसी नेताहरूको राम्रै जमात देखिन्छ । लक्ष्मण घिमिरे, दीपकुमार उपाध्याय, लोकेश ढकालहरूको जमघट छ । राजतन्त्र पुनस्र्थापना र हिन्दु राज्यलाई यिनले मुद्दा बनाएका छन् ।

यो दृश्यले त कोइरालभित्र पनि गुटैगुटको संकेत गरेको छ । यो संकेत मात्र नभएर स्पष्ट र दृश्य नै बाहिर आइसकेको छ । त्यसैले अबको कांग्रेसको अवस्था हेर्दा गगन र इतर अर्थात् गगन र देउवा नभएर कम्तीमा चार गुट नै अस्तित्वमा आएको देखिएको छ ।

गुट चारवटा भए पनि मुख यतिखेर तीनवटा नै हुन । शेखर कोइराला गुटले देउवा समूहसँगै सहकार्य गरिरहेको छ । तर, शेखर गुट सधैँ देउवाको मुख बन्न सक्ने छैन । ढिलोचाँडो शेखर समूहले कुनै अर्काे अर्थात् आफ्नो बाटो हिँड्ने निर्णय लिन पनि सक्ने देखिन्छ । अब डा शेखरका अगाडि कि देउवा गुटमा विलय हुनुपर्ने छ भने कित आफ्नै गुट या बाटो रोज्नुपर्ने छ ।

गत वर्ष भदौमा भएको जेन जी आन्दोलनको बर्षदिन पुग्नै लागेको छ । हिजोको पुराना भनिएका दलहरूले यो बर्षदिनमा पनि इतिहासबाट पाठ सिक्न सकेनन् । हिजोको जस्तै आज पनि कहीँ कतै बाँकी रहेको पदलोलुपताले आज पनि दलका नेताहरुलाई सताइरहेकै छ । त्यसैले अनेकन गुट जन्माउँदै त्यसैको नेता हुँदै हिँड्ने गरेको छन् । हिजोका दिनमा ‘ठूला–पुराना’ भन्ने पगरी पाएका उनीहरु आज ‘सानो–पुराना’ भइसक्दा पनि उनको बुद्धि फिरेको जस्तो देखिँदैन ।

त्यसो त कांग्रेस मात्र नभएर कम्युनिस्टहरु हुन् या राजावादी नै पनि गुट, उपगुट र फुट छँदै नै छ । हिजैदेखि फुट, विभाजन र विग्रहको राजनीतिमा च्याम्पिएन भएका कांग्रे कम्युनिष्टहरुले आज पनि आफ्ना हिजोका आनिबानीमा सुधार गर्न सकेका छैनन् ।

गगन थापा नेतृत्वमा आयोजित २०८२ पुषको विशेष महाधिवेशनलाई अहिलेसम्म पार्टी फुट मानिएका छैन र त्यसलाई नेतृत्व हस्तान्तरणको विधानसम्मत प्रक्रियाका रुपमाा गगन समूह अथ्र्याउँछ । तर पनि विशेष महाधिवेशनमा समावेश नभएको पक्षले अहिले पनि गगनको नेतृत्वलाई स्वीकार गर्न अझै सकेको छैन र सर्वोच्च अदालतले यस विषयमा पुनर्विचार गरिदेओस् भन्ने अपेक्षा राख्दछ । यसकारण पनि नेपाली कांग्रेस तेस्रो पटक फुटको संघारमै पुगेको जस्तो देखिएको छ ।