१७ श्रावण २०८३, आईतवार
,
Latest
कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल



अ+ अ-

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्तामा इतिहासप्रति सम्मान र अग्रजहरूको योगदानको मूल्यांकन गर्ने संस्कार हराउँदै गएको गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

आईतवार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मुलुक निर्माणमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्न नसक्ने अवस्था आउनु लाजमर्दो भएको बताउनु भयो । उहाँले नयाँ पुस्ताले पुराना पुस्ताको सम्मान गर्न नसक्ने, इतिहासमा योगदान गर्ने व्यक्तिहरूलाई चिन्न र कदर गर्न नसक्ने अवस्था देखिएको भन्दै समाजले कस्तो पुस्ता हुर्काइरहेको छ भन्ने विषयमा आत्ममन्थन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

सहसंयोजक नेपालले गत वर्षको भदौमा जेनजी आन्दोलनको क्रममा अरुको घर जलाउने, परिवारका सदस्यहरूमाथि आक्रमण गर्ने र अंगभंग गर्ने जस्ता घृणित कार्य भएकोप्रति आपत्ति समेत जनाउनु भयो । यस्ता कार्य आफ्नै परिवारमाथि भएको भए कस्तो अवस्था सिर्जना हुन्थ्यो भन्ने हेक्का राख्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘जुन देशमा नयाँ पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सक्दैन, इतिहासमा मुलुक निर्माणको लागि योगदान गर्ने को हुन् ? को होइनन् भन्नेकुरा बुझ्न सक्दैन, तिनीहरुको कदर र सम्मान गर्न सक्दैनन् जान्दैनन् भने त्योभन्दा लाजमर्दो कुरा अरु केही पनि हुँदैन । हामीले कस्तो पुस्ता जन्माएछौँ ? कस्तो पुस्ता हुर्काएछौँ, कस्तो संस्कार दिएछौँ, कस्तो संस्कृति सिकाएछौँ, आफैंलाई पनि सोध्न मन लाग्छ । हामी सबैले आफूले आफैंलाई सोधौँ, आत्ममन्थन गरौँ । वास्तवमा ठिक कति भयो ? बेठिक कति भयो ? अरुको घर जलाउनेले सम्झिउन् उनीहरुको घर जल्यो भने के हुन्थ्यो होला ? अरुका परिवारका सदस्यमाथि हातपात गर्ने कामहरु भए । हात काट्नुपर्ने स्थिति बन्यो । त्यही आफ्नो परिवारको सदस्यलाई भइदिएको भए के हुन्थ्यो होला ? यति पनि सोच्न नसक्ने हो भने के हुन्छ ?’

उहाँले समाजमा सहिष्णुता, मानवीय संवेदना र आत्ममूल्यांकनको संस्कार विकास गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल