१७ श्रावण २०८३, आईतवार
,
Latest
नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय… मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित ६ जना नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको शोक वक्तव्यमा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनको खबरले पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।

वक्तव्यमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरी पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै नेपाल र नेपालीको नाम विश्वसामु उच्च राख्न सफल निर्मल पुर्जासहितका पर्वतारोहीले असम्भवलाई सम्भव बनाएर संसारलाई साहस र सङ्कल्पको पाठ सिकाएको उल्लेख छ।

उनीहरूको असामयिक निधनले पर्वतारोहण क्षेत्रसँगै समग्र राष्ट्रले अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्तति गुमाएको एमालेले जनाएको छ। यो घटना नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद अन्त्य भएको पनि वक्तव्यमा उल्लेख छ।

राष्ट्रका लागि उनीहरूले पुर्‍याएको अद्वितीय योगदानको उच्च मूल्याङ्कन गर्दै एमालेले दिवङ्गत पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।