१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्पोष्ट मल थप गुणस्तरीय बनाएर बिक्री



अ+ अ-

काठमाडौँ । असहाय गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउन गाईको गोबर र गहुँतबाट बनेको कम्पोष्ट मल थप गुणस्तरीय बनाएर वितरण सुरु भएको छ ।

नयाँ प्रविधिसहित गुणस्तर वृद्धि गरिएको कम्पोष्ट मल पुन : वितरण प्रारम्भ गरिएको असहाय गाईबाच्छा संरक्षण अभियानले जनाएको छ । अभियानले पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा उपलब्ध गराएको करिब १०० रोपनी जग्गामा करिब २०० असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ ।

तिनै गाईबाच्छाको मलमूत्र उपयोग गरी कम्पोष्ट मल बनाइएको हो । शतप्रतिशत गाईबाच्छाको गोबरबाट गोमूत्रलाई प्रयोग गरी अर्गानिक माध्यमबाट कुहाउँदै कम्पोष्ट मल तयार पारिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो । कम्पोष्ट मल बिक्रीबाट आउने सबै रकम असहाय गाईबाच्छाको संरक्षणमा प्रयोग गरिने पनि उहाँले बताउनुभयो ।
 
यसअघि विभिन्न व्यक्तिले मल उपलब्ध गराउन आग्रह गर्दागर्दै मलको गुणस्तर वृद्धिका लागि केही समय लागेकाले आजैदेखि फेरि मल वितरणको व्यवस्था मिलाइएको अभियानले जनाएको छ । गुणस्तर वृद्धिका लागि केही समय सेवा उपलब्ध गराउन नसकिएकोमा अभियानले माफी मागेको छ । मलको गुणस्तर राम्रो र मूल्य चलनचल्तीको बजार भाउभन्दा झण्डै आधा कम रहेको छ ।  

गाईबाच्छा संरक्षणस्थलमै मल लिन गए प्रतिकेजी रु १५ मूल्य तोकिएको छ । घरसम्म लगिदिने व्यवस्थाका लागि प्रतिकेजी रु २० मूल्य कायम गरिएको छ । घरमै मल मगाउन कम्तीमा २५ केजीको माग हुनुपर्ने जनाइएको छ । कम्पोष्ट मल माग गरेको लामो समयसम्म पनि पाउन नसकिएको गुनासो ग्राहकले गरेका छन् ।

अभियानले भने आजदेखि मागको १२ घण्टाभित्रमा मल घरमै लैजाने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ । रासस