१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्यकर्मीहरूमाथि हुने श्रृङ्खलावद्ध भौतिक आक्रमण र दुव्र्यवहारप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा व्याप्त दण्डहीनता र प्रशासनिक लाचारीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताउनु भयो । सांसद कार्कीले अस्पतालभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट, त्यसपछि हुने आन्दोलन र सरकारसँग गरिने कागजी सम्झौताको ‘दुश्चक्र’ वर्षौँदेखि चलिरहेको उल्लेख गर्नुभयो ।

हालै वीरगन्जस्थित नारायणी अस्पतालमा भएको चिकित्सकमाथिको सांघातिक हमलापछि भएको सहमति कार्यान्वयन नहुँदै भक्तपुर अस्पतालमा पुनः स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुनुले राज्यको सुरक्षा संयन्त्रको असफलता पुष्टि गरेको उहाँको तर्क छ । डा. कार्कीले करिव ४५ देखि ५० प्रतिशत चिकित्सकहरूले कार्यस्थलमा कुनै न कुनै रूपमा हिंसा भोगिरहेको बताउनु भयो । उहाँकाअनुसार ४२ प्रतिशत भौतिक आक्रमण र ६४ प्रतिशत मौखिक दुव्र्यवहारका घटनामा दोषीलाई राजनीतिक संरक्षण दिइने र कारबाही नगरिने प्रवृत्तिले अस्पतालहरू ‘रणमैदान’ मा परिणत भएका छन् ।

उहाँले स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा सुरक्षा र आत्मविश्वास खोजिरहेको स्पष्ट पार्नुभयो ।