३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग

गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग
अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुठी पीडित किसानका समस्या समाधान गर्न र देशव्यापी रूपमा फैलिएको बाँदर आतंक नियन्त्रणका लागि तत्काल प्रभावकारी कानून निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले किसानका गम्भीर समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुख सचेतक दुलालले ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण राज्यको दायित्व भएपनि गुठीका नाममा वर्षौंदेखि जोतभोग गर्दै आएका वास्तविक किसान अन्यायमा परेको बताउनु भयो ।

सिन्धुपाल्चोकको फटकशिलाको उदाहरण प्रश्तुत गर्दै उहाँले विक्रम संवत १८५६ देखि पशुपति महास्नान गुठीका नाममा रहेका झन्डै १२ सय रोपनी जग्गाका कारण किसानहरूले लामो समयदेखि श्रम र जिन्सी करको शोषण खेप्नुपरेको उल्लेख गर्नुभयो । सिन्धुपाल्चोकमा मात्रै २२ हजार घरधुरी गुठी जग्गाबाट प्रत्यक्ष प्रभावित रहेको जानकारी दिँदै उहाँले सर्वदलीय र सर्वपक्षीय परामर्शका आधारमा अविलम्ब ‘गुठी विधेयक’ संसदमा ल्याउन सरकारसँग माग गर्नुभयो ।

देशभरका किसान बाँदर आतंकबाट आक्रान्त भएको भन्दै प्रमुख सचेतक दुलालले बाँदरले अन्नबाली सखाप पारेका कारण किसानले सास्ती भोगिरहेको बताउनु भयो । –