३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने

एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने
अ+ अ-

काठमाडाैँ । एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले पनि २० औं एशियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ ।
नेपाली टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ ।

नेपाली टोली बिहीवार प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने छ । असोज २ गते टोली भारतबाटै एशियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ । एशियाली खेलकुद असोज ३ गतेदेखि शुरु हुनेछ । महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् । खिममायाको भने २० औं एसियाड ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २० औं एसियाडमा सहभागी नहुने भएकी छन् । उनको स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी रहेका छन् । महिला कबड्डीमा ८ राष्ट्रको सहभागिता रहने छ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईंसँग खेल्नेछ । ताइपेईं गत संस्करणको उपविजेता हो । फाइनलमा ताइपेईं भारतसंग समग्रमा १ अंकको अन्तरले पराजित भएको थियो । समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत छन् ।

एशियाली खेलकुदमा महिला टोलीको दोश्रो सहभागिता हो । महिला टोलीले चीनको हाङझावमा भएको १९ औं एशियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला टोलीले ऐतिहासिक काँस्य पदक जितेको थियो ।हाङझाव एसियाडमा पदक जितेका मध्ये ६ खेलाडी अहिलेको टोलीमा छन् । मानमति, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जन पदक जितेका टोलीका सदस्य हुन् । हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवराीमा थिइन् ।

महिला कबड्डी टोलीले इरानमा भएको एशियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बिच खेलकुदमा कांस्य जितेको छ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बुधवार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्यसचिव मेहताले टोलीबाट पदकको धेरै आशा गरेको बताए ।