३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’
अ+ अ-

काठमाडाैँ । आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत आवश्यक परेका बेला रक्तदाता तथा रक्तसेवासँग सहज रूपमा सम्पर्क गर्न सकिने छ ।

सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका विद्यार्थीको प्राविधिक सहयोगमा सो प्रणाली सञ्चालन हुनेछ । प्रणालीको खाका तयारी, डिजाइन, कोडिङ, तथ्याङ्क व्यवस्थापन तथा परीक्षणसम्मका सम्पूर्ण चरण विद्यार्थीले नै पूरा गरेका थिए भने अहिले यसको सञ्चालन, अनुगमन र नियमित अद्यावधिकको जिम्मेवारी पनि उनीहरूकै नेतृत्वमा रहेको छ ।

रक्तसेवालाई प्रविधिसँग जोडेर अझ छिटो, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यका साथ यो प्रणाली क्यूआर कोडसहित सार्वजनिक गरिएको छ । क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले आवश्यक जानकारी प्राप्त गर्नुका साथै आपतकालीन अवस्थामा रगत आवश्यक परेका बेला सम्बन्धित व्यक्तिसम्म छिटो पुग्न सक्ने विश्वास गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष शतिसचन्द्र ढकालले नयाँ प्रविधिको प्रयोगले जिल्लामा रक्तसेवा थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । न्यू स्टेप परियोजनाका कार्यक्रम प्रमुख प्रशान्त ढकालले रक्तसेवा प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले यो प्रणाली विकास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा प्रणालीलाई थप परिमार्जन गर्दै जिल्लाभरका स्वास्थ्य संस्था, रक्तदाता समूह तथा सरोकारवाला निकायसँग समन्वय गरी यसको प्रयोगलाई अझ प्रभावकारी बनाइनेछ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले रगत आवश्यक पर्नेहरूलाई यो प्रणालीले उल्लेख्य सहजीकरण गर्र्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस