१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग



अ+ अ-

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा दुई पक्षबीचको विवाद उग्र भएपछि भएको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनभन्दा बढी व्यक्ति घाइते भएको उल्लेख गरिएको छ ।

पार्टीले मृतक मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

घटनास्थलको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले संयम, समन्वय र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जथाभावी गोली चलाएर नागरिकको ज्यान गएको भन्दै पार्टीले घटनालाई गम्भीर सुरक्षा लापरबाहीको संज्ञा दिएको छ ।

पार्टीले घटनामा सरकारको सुरक्षा संयन्त्रबाट ज्यादती भएको आरोप लगाउँदै यसलाई गम्भीर मानवअधिकार उल्लङ्घन र गैरन्यायिक हत्याको घटनाका रूपमा चित्रण गरेको छ । घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत विज्ञप्तिमा गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले परिस्थिति थप जटिल बन्न नदिन शान्ति सुरक्षा सुदृढ गर्न, जनविश्वास कायम राख्न तथा वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यसैगरी, थप दुर्घटना र क्षति हुन नदिन स्थानीय जनसमुदायलाई संयमित रहन अपिल गर्दै पार्टीले सामाजिक सद्भाव र एकता कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।