३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन

दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन
अ+ अ-

काठमाडौं । स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै आज घण्टाघरमा विरोध प्रदर्शन गरेका छन् ।

यहाँस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो ।

बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन् । पटेलको मृत्युको कारण चिकित्सकको लापरबाहीले भएको आरोप उहाँका परिवारका सदस्य तथा आफन्तले लगाउँदै आउनुभएको छ ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक (मेडिकल अफिसर) डा प्रमोद राम गम्भीरमाथि आक्रमण हुँदा उहाँ घाइते हुनुभएको छ । घाइते चिकित्सकको अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले दोषीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । सहभागीले ‘दोषीलाई कारबाही गर’, ‘निलम्बन फिर्ता गर’ र ‘डाक्टर प्रमोदलाई न्याय दे’ लेखिएका प्ले कार्ड बोकेका थिए । अस्पतालले छानबिन समिति गठन गरेको छ । साथै उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्म जिम्मेवारीबाट हटाइएको छ । रासस