३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने

नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने
अ+ अ-

काठमाडाैँ । नेपालका पाँच खेलाडी जापानमा आयोजना हुने ३२औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने भएका छन् । आगामी जुलाइ ३० देखि अगष्ट ७ तारिखसम्म जापानको नारिता शहरमा ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयर आयोजना हुँदै छ । १० देखि १२ वर्ष उमेर समूहका पाँच खेलाडीले बेसबलको क्लिनिक र प्रतियोगितामा सहभागी हुने भएका छन् । दुई गल्र्स र तीन जना ब्वाइज बेसबल फेयरमा सहभागी हुनेछन् ।

त्यसका लागि एक प्रशिक्षक र पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले टोलीलाई सफलताको शुभकामना दिँदै सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको पूर्ण छात्रवृत्ति १२ वर्षमुनिका नेपाली खेलाडीले सहभागिता जनाउन लागेका हुन् । पछिल्लो ६÷७ वर्षयता नेपालले यो छात्रवृत्तिका लागि प्रयास गर्दै आइरहेको थियो । ब्वाइजमा अभिनय श्रेष्ठ, संकल्प पौडेल र युएल रोक्काले सहभागिता जनाउने छन् । गल्र्समा भूमिका खड्का र खुशी श्रेष्ठ छन् । उनीहरूको प्रशिक्षकमा विपिन वज्राचार्य छन् । फेयरमा नेपालसहित अस्ट्रेलिया, केन्या, क्यानडा, मलेसिया, सिंगापुर, चाइनिज ताइपेइ, भियतनाम, सिंगापुर, जापान, जर्मनी, अमेरिका र फिलिपिन्स गरी १४ राष्ट्रको सहभागिता रहनेछ ।

नेपाली खेलाडीले फेयरका दौरान क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेम (एनपिबी) को अवलोकन गर्ने अवसर पनि पाउनेछन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन् । नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दिपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउण्डेसनले प्रायोजन गरेको बताए । सहभागी नेपाली खेलाडीले जनही करिव १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोशाक पनि प्राप्त गर्नेछन् ।