८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
अ+ अ-

बाँके। बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने भएको छ ।

क्यान्सर अस्पतालको आग्रहमा बागेश्वरी यातायात प्रालिले क्यान्सरका बिरामीको आवागमन सहजताका लागि अस्पतालसम्म पुग्नेगरी नगर बस सञ्चालन गर्ने भएको हो ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराई र बागेश्वरी यातायत प्रालिका अध्यक्ष मनप्रसाद आचार्यबीच आज ४० किलोमिटर नगर बस सञ्चालनसम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सहकोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिनुभयो ।

दुर्गम गाउँबाट अस्पतालसम्म पुग्न बिरामीले सवारीसाधन अभावमा भोग्दै आएका समस्या समाधान गर्दै बिरामीको सहजीकरणका लागि अस्पतालको आग्रहमा बस सञ्चालन गर्न थालिएको प्रालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले पहिलो चरणमा सम्झना चोकबाट क्यान्सर अस्पतालको गेटसम्म दुईवटा बस सञ्चालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि सेवा थप गर्न सकिने उल्लेख गर्नुभयो ।

अस्पतालसम्म सिधैँ आउने सवारीसाधन नपाएर अलमलमा पर्ने गरेका बिरामीलाई नगर बस सञ्चालनले सहज हुने अस्पतालका कार्यकारी निर्देशक डा भट्टराईको भनाइ छ ।

अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि सञ्चालन हुने नगर बसले खजुराबाट नेपालगन्जका लागि रु ४०, राँझा चोकसम्म रु ५०, कोहलपुरसम्मका लागि रु १००  र सम्झना चोकसम्मका लागि रु १२५ सेवा शुल्क तोकिएको छ ।

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीले अस्पतासम्म पुग्ने सवारीसाधन नपाउँदा समस्या भोग्दै आएका थिए ।  रासस