८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
अ+ अ-

चितवन। सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन् ।

वर्डफ्लुको सङ्क्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम निरन्तर रूपमा गरिनुका साथै जनमानसमा सकारात्मक प्रभाव पर्ने गरी सूचना सम्प्रेसण गरेसँगै सङ्क्रमण नियन्त्रण हुँदै गएको व्यवसायीले बताएका हुन् ।

सङ्क्रमण नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाइएकाले बढी क्षति हुन नपाएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो । उहाँका अनुसार कुखुरापालक सङ्घ र नेपाल ह्याचरी उद्योग सङ्घ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित रूपमा धन्यवाद ज्ञापन गरेको छ ।

पत्रमा भनिएको छ, “सबै कर्मचारीको समूह अहोरात्र खटिएर वर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ जानुका साथै आमसमुदायमा नकारात्मक प्रभाव नपर्ने गरी सचेतनामूलक सूचना सम्प्रेषण र सावधानी अपनाइ देशको आत्मनिर्भर व्यवसायलाई धरासयी हुनबाट जोगाउन गर्नुभएको योगदान अतुलनीय छ ।”

सङ्घका अध्यक्ष पोखरेलले विभागले गरेको पहल र निरन्तरको योगदानका कारण थप क्षति हुनबाट पोल्ट्री क्षेत्र जोगिएको बताउनुभयो । किसान र व्यवसायीलाई सङ्कट हुँदा तत्काल सम्बोधन गर्न सकेमा कम क्षतिमा काम हुन्छ भन्ने उदाहारण अहिले सरकारले दिएको उहाँले बताउनुभयो । तत्काल राहत दिएर किसानलाई पुनः काम गरिहाल्ने वातावरणसमेत सरकारी तबरबाट सृजना भएको उहाँको भनाइ छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पशु सेवा विभागका महानिर्देशकसहितको समूहलाई भेट गरी वर्डफ्लु नियन्त्रणमा लिएको तदारुपता प्रति आभार व्यक्तसमेत गरेको बताउनुभयो । ९९ दशमलव ९९ प्रतिशत रोग नियन्त्रण भएको जनाउँदै उहाँले अरु ठाउँमा सङ्क्रमण नदेखिनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

नेपालको कृषि क्षेत्रमध्ये एक मात्र आत्मनिर्भर व्यवसाय पोल्ट्री व्यवसायीकरण र आधुनिकीकरण हुँदै देशको कूल ग्राहस्थ उत्पादनको करिब तीन प्रतिशत हिस्सा ओगटेको जनाउँदै सङ्घका केन्द्रीय अध्यक्ष लामिछानेले प्रत्यक्ष रूपमा पाँच लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको बताउनुभयो । नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा करिब रु १६० अर्ब लगानी रहेको भन्दै यसको संरक्षण राज्यतर्फबाट  हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

साउन १ गतेयता नेपालमा वर्डफ्लु देखिएको छैन । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार नेपालभरि आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ ।

११ लाख ६५ हजार ६६३ अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको उल्लेख गर्नुभयो ।

महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकामा हालसम्म १०४ जना कृषक र फार्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरिसकिएको छ ।

“देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाहरूले तीव्र रूपमा परीक्षण अघि बढाएका छन् । सरकारको तदारुपता र किसानको सहयोगका कारण वर्डफ्लु नियन्त्रणमा आउन सकेको हो । अब थप सङ्क्रमण हुने सम्भावना कम छ”, डा दाहालले भन्नुभयो ।

सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन् । यसअघि, सङ्क्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए । चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यतासमेत आएको थियो । रासस