८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
फाइल फोटो
अ+ अ-

सुदूरपश्चिम। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ नागरिक तहबाट गठित सङ्घर्ष समितिले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी दशकौँदेखिको प्रयासपछि विश्वविद्यालय सञ्चालनको प्रक्रियामा रहेकाले त्यसमा अवरोध हुने कुरा स्वीकार्य नभएको उल्लेख गरिएको छ ।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले डा गोविन्द केसीले सुरु गर्नुभएको अनशनबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सुदूरपश्चिम र सिङ्गो देशको गौरवका रुपमा रहेको सो विश्वविद्यालय सञ्चालनमा कुनै अवरोध नगर्न आग्रह गर्नुभयो ।

“यो विश्वविद्यालय सुदूरपश्चिमका २७ लाख नागरिकको साझा पूर्वाधार हो । यसमा सरकार, नागरिक र सरोकार भएकाहरुको दशकौँदेखिको योजना, दबाब, सङ्घर्ष र सपना जोडिएको छ”, संयोजक पाण्डेले भन्नुभयो, “त्यो सपना पूरा हुने अवस्थामा रहेका बेला डा केसी र अन्य कसैले कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन ।”

संयोजक पाण्डेले अनसनरत डा केसीले विश्वविद्यालयसम्बन्धी विषयलाई पहिलो बुँदामा राखेर आन्दोलन गर्नु जायज नभएको भन्दै पदाधिकारी नियुक्तिमा कुनै असहमति भए कानुनी बाटो अपनाउन आग्रह गर्नुभयो ।

“सरकारले करिब रु आठ अर्ब लगानी गरेर यसै वर्षदेखि चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसबाट सुदूरपश्चिमवासी उत्साहित छौँ,” उहाँले भन्नुभयो ।

सङ्घर्ष समितिले कसैले अनसन वा आन्दोलन गरेकै भरमा विश्वविद्यालयका बाँकी काममा अवरोध आउने अवस्था नआउनेतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराएको छ । कुनै कारणले विश्वविद्यालयका काम रोकिए राज्यको अर्बौं लगानी र नागरिकको भरोसा टुट्ने अवस्था आउने भन्दै सरकारलाई बाँकी काम द्रुत गतिमा अगाडि बढाउन आग्रहसमेत गरिएको छ ।

डा केसीले पाँच बुँदे माग राख्दै बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनिश्चितकालीन अनशन सुरु गर्नुभएको छ । रासस