१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा हल निर्माण गर्दा व्यापारीहरुलाई व्यवस्थापन गर्न माग



अ+ अ-

काठमाडौँ । भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्दा व्यापारीहरुलाई व्यवस्थापन गरेर मात्रै निर्माण गर्न माग गरिएको छ । सोमबार भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधरणसभामा सहभागी भृकुटीमण्डप बजारका अधिकांश व्यापारीहरुले यस्तो धारणा राख्नु भएको हो ।

भृकुटीमण्डपका व्यापारीहरुले फोहोर फाल्ने स्थान सफा गरेर व्यवसाय गर्ने बातावरण बनाएकाले अब यहाँका व्यापारीहरुलाई व्यापार गर्ने स्थायी संरचना बनाएर मात्रै प्रदर्शनी हल बनाउनु पर्ने माग गर्नुभएको छ । विगत लामो समयदेखि भृकुटीमण्डपमा व्यापार गर्दै आएका व्यापारी शंकर पोखरेलले ठूला ठूला प्रदर्शनी हल बन्नु राम्रो विषय भएको बताउनु भयो । तर, उहाँले भृकुटीमण्डपमा निम्न वर्गिय  व्यापारीहरुले व्यवसाय गरेर परिवार पाल्ने गरेको भन्ने ख्याल गर्नु पर्ने बताउनु भयो ।

उहाँले मेगा हल बनाए पनि भृकुटीमण्डपमा व्यापार गर्दै आएका १५ सय व्यापारीको लागि स्थायी ठाउँको व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भृकुटीमण्डपमा अत्यन्तै निम्न वर्गिय मानिसहरुले व्यापार गर्दै आएका छन्। यहाँ व्यापार गर्ने १५ सय व्यापारी हल बन्ने वित्तिकै कहाँ जानू । सरकारले व्यापार गर्ने यस्तै अर्को स्थायी संरचना निर्माण गरिदिनुपर्छ । हामीले गुणस्तरीय सामान ग्राहकहरुलाई बेच्दै आएका छौं ।’

त्यस्तै अर्को व्यवसायी पुष्करकुमार अधिकारीले सरकारले यस्ता खालका गुरुयोजना बनाउने तर काम नगर्ने बताउनुभयो । उहाँले यो योजना पनि त्यस्तै हो । तर, सरकारले बनाउनु परे पनि फोहोरको ढङगुर फालेर निम्न वर्गिय ग्राहकको सपिङ स्थल बनाएको बताउनु भयो । अधिकारीले हल बनाए पनि खासै असर नपर्ने बताउनुभयो ।

त्यस्तै,व्यवसायी संगीता ढुङगेलले भृकुटीमण्डप महिलामैंत्री बजार भएको बताउनुभयो । उहाँले यो बजार महिलामैत्री बजार भएकाले बच्चा च्यापेर व्यापार गरिरहेको बताउनु भयो । ढुङगेलले यसरी १५ सय भन्दा बढिले रोजगारी पाएको स्थानमा हल बनाउँदा सरकारले यहाँका व्यापारीलाई उचित व्यवस्थापन गरेर मात्रै काम गर्नु पर्ने बताउनु भयो ।

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक मेगा हल निर्माण गर्ने योजना बताएको छ ।  महानगरपालिकाले एक वर्ष अगाडी नै मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक मेगा हलको योजना अघि बढाएको हो । महानगरले निर्माण गर्ने  मेगा हलको प्रस्तावित डिजाइन समेत तयार पारिसकेको छ । १ लाख १४ हजार वर्गमिटरभन्दा केही बढीको पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार गरिएको छ ।