८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन

सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन
अ+ अ-

काठमाडौँ।  राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले नेपाल–भारत र नेपाल–चीन सीमाको सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक कानुनी, प्राविधिक तथा संरचनागत व्यवस्था गर्न निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । बैठकमा समिति सभापति जयन्तीदेवी राईले खुला सीमाबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षालाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति, स्रोतसाधन, आधुनिक उपकरण तथा पूर्वाधारको व्यवस्था गर्न दिर्नेशन दिनुभयो ।

उहाँले आवश्यक स्थानमा पर्याप्त बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन समेत नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिनुभयो ।

उहाँले लागूऔषध ओसारपसार, हातहतियार तथा विस्फोटक पदार्थको अवैध कारोबार, मानव तस्करी, भन्सार छली, रोहिंग्यासहित विदेशी नागरिकको अवैध प्रवेश तथा अन्य सीमा अपराध नियन्त्रणका लागि अध्यागमन, भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायबीच तथ्याङ्क र सूचना आदानप्रदान हुने एकीकृत डिजिटल बोर्डर व्यवस्थापन प्रणाली तत्काल निर्माण तथा कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल–भारत, नेपाल–चीन खुला सिमानाबाट हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी, व्यवस्थित र प्रविधि मैत्री बनाउन सुरक्षा निकायलाई आवश्यक जनशक्ति, स्रोत साधन, आधुनिक उपकरण तथा पूर्वाधार सहित सुदृढ बनाई आवश्यक स्थानहरूमा पर्याप्त बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, र लागु औषध नियन्त्रण, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, मानव तस्करी, भन्सार र छली, रोहिंग्या लगायत विदेशी नागरिकहरूको अवैध प्रवेश तथा अन्य सीमा अपराधको प्रभावकारी नियन्त्रणका लागि अध्यागमन, भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा अन्य सम्बन्धित निकाय बीच आवश्यक तथ्याङ्क, डाटा आदानप्रदान हुने एकीकृत प्रणाली विकास गरी डिजिटल बोर्डर व्यवस्थापन प्रणाली यथाशीघ्र निर्माण तथा कार्यान्वयन गर्ने निर्देशन दिने निर्णय गरेका छौँ । सीमा सुरक्षामा खटिएका सुरक्षा निकायले सीमा अपराध नियन्त्रण, गस्ती, निगरानी, सूचना आदानप्रदान गर्ने कार्य तथा अन्तरनिकाय समन्वय प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने गरी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक नयाँ कानुनी व्यवस्था तर्जुमा गरी सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउने समतिको निर्देशन भयो ।’

समितिले सीमा सुरक्षामा खटिएका निकायबीच गस्ती, निगरानी, सूचना आदानप्रदान र अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन विद्यमान  कानूनी व्यवस्थाको पुनरावलोकन समयअनुकुल बनाउन समेत निर्देशन दिएको छ । –न्युज एजेन्सी नेपाल