८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी

लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
अ+ अ-

काठमाडौँ। यमनको हुथी विद्रोही समूहले बिहीवार लाल सागरमा साउदी अरबका दुईवटा तेल ट्याङ्करमाथि सैन्य कारबाही गरेको दाबी गरेको छ ।

ती जहाजहरूले समूहद्वारा हालै घोषित समुद्री प्रतिवन्ध उल्लंघन गरेका कारण निशाना बनाइएको हुथीको भनाइ छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले समूहको अल–मसिराह टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै एन्सेलिया र लैला’ नामक ट्याङ्करहरूमाथि ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रका साथै ड्रोन प्रयोग गरी आक्रमण गरिएको जानकारी दिनुभयो ।

साउदी बन्दरगाहहरूमा जाने जहाजहरूमाथि समूहले लगाएको प्रतिवन्ध उल्लंघन गरेकाले उक्त कारबाही गरिएको सारियाले बताउनु भयो । उहाँले सो आक्रमणका कारण दुवै ट्याङ्करमा भीषण आगलागी भएको र सैन्य उद्देश्य सफलतापूर्वक हासिल भएको दाबी गर्नुभयो ।

यद्यपि, हुथी समूहले सो घटना घटेको यकिन स्थान र क्षतिबारे कुनै ठोस प्रमाण वा हताहतीको विवरण उपलब्ध गराएको छैन । हुथीको यस दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन र साउदी अधिकारीहरूले पनि यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच, युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसनले साउदी अरबको अल शुकाइकबाट करिव ७० नटिकल माइल दक्षिण–पश्चिममा एक ट्याङ्करसँग सम्बन्धित घटनाको प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा जारी रिपोर्टअनुसार जहाजका क्याप्टेनले एक अज्ञात वस्तु प्रहार भएको र त्यसपछि जहाजमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकारी दिएका छन् । हुथी समूहले साउदी बन्दरगाहहरूसँग व्यापार गर्ने जहाजहरूलाई लक्षित गरी समुन्द्री प्रतिवन्ध विस्तार गरेको घोषणा गरेको दुई दिनपछि यो आक्रमण भएको हो ।

साना अन्तर्राष्ट्रिय विमानस्थलको निरन्तर बन्द र हुथी नियन्त्रित क्षेत्रहरूमा हवाई उडानमा साउदी अरबले लगाएको अवरोधको प्रतिक्रियास्वरूप यो कदम चालिएको समूहको आरोप छ ।

गाजा युद्ध शुरु भएयता हुथी समूहले इजरायल र अमेरिकासँग सम्बन्धित भनिएका जहाजहरूमाथि निरन्तर क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा ढुवानीका लागि महत्वपूर्ण मार्ग मानिने लाल सागरमा व्यावसायिक जहाजहरूले आफ्नो मार्ग परिवर्तन गर्न बाध्य भएका छन् । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ ।

हुथी समूहले राजधानी सानासहित उत्तरी यमनका अधिकांश भाग कब्जा गरेपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमन सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो ।

सन् २०२२ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामपछि केही शान्त रहेको यस क्षेत्रमा पछिल्लो घटनाले पुनः तनाव बढ्ने र व्यावसायिक जलयात्रामा जोखिम थपिने चिन्ता उत्पन्न गरेको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल