७ श्रावण २०८३, बिहीबार
,
Latest
चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित चार जना पक्राउ



अ+ अ-

काठमाडाैँ । काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय दीपक श्रेष्ठ र बझाङको खप्तडछान्ना गाउँपालिका–१ का ३५ वर्षीय सागर जेठारालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरुका साथबाट १३६ ग्राम खैरो हेरोइन र नगद रु एक लाख बरामद भएको छ । सागरका साथबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल दुई हजार ४९० ट्याब्लेट, टापेन्टाडोल सात हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम एक हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट बरामद भएको छ ।

मोरङको रङ्गेली नगरपालिका–७ बाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरु चारै जना बुधबार पक्राउ परेका हुन् ।