५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम



अ+ अ-

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

बाढीविद् विनोद पराजुलीले निरन्तर वर्षाका कारण उक्त जिल्लाका नदी तथा खोलामा आकस्मिक रूपमा जलसतह बढ्न सक्ने भएकाले नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।