५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन



अ+ अ-

काठमाडाैँ । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान मुद्दा फैसला गरेको छ । अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सात हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा धेरै मुद्दा मिसिल जलेका कारण मुद्दा फैसला गर्न ढिलाइ भएको जानकारी दिनुभयो ।

उच्च अदालत विराटनगरले फैसलाको विवरण, व्यवस्थापकीय सुधार र अन्य कार्यक्रमबारे जानकारी गराइएको थियो । चालु अवस्थामा रहेका मुद्दामध्ये ४७ मुद्दाका मिसिल प्राप्त गर्न नसकेको तथा करिब ७० हजार मुद्दाका अभिलेख जलेकोमा एक हजार छ सय मुद्दा पुनः मिसिल खडा गरिएको छ ।




भर्खरै