९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

संस्थापन इतर पक्षले भन्यो–नेपाली काँग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल

संस्थापन इतर पक्षले भन्यो–नेपाली काँग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल
अ अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादहरू निष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।

आईतवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मिन विश्वकर्माले पार्टीको संस्थापन पक्षसँगको संवाद सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिनुभएको हो ।

नेता विश्वकर्माकाअनुसार पार्टीभित्र एकता कायम गर्न पटक–पटक छलफल भएपनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न सकेको छैन । पार्टी नेतृत्व (सानेपा कार्यालय) मा अधिकार केन्द्रित रहेको र त्यहाँबाट समस्या समाधानका लागि पर्याप्त धैर्यता, सहनशीलता र तत्परता प्रदर्शन नगरिएको आरोप इतर पक्षले लगाएको छ । संवादहीनताको अवस्था लम्बिँदै गएकाले अब अलमलमा नबसी नयाँ ढङ्गले अगाडि बढ्न राष्ट्रिय भेलाको विकल्प रोजिएको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘झगडा कहिले अन्त्य हुन्छ भन्ने निश्चित हुँदैन, तर मेलमिलापको आशा भने सधैं रहन्छ । यही विश्वासका साथ वार्ता र छलफल निरन्तर भइरहेका छन् । तर आजसम्म ती छलफल सार्थक र उपलब्धिमूलक हुन सकेका छैनन् । त्यसैले एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा हामी पुगेका छौँ । अब केवल प्रतीक्षामा नबसी नयाँ कार्यदिशातर्फ अघि बढ्न राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेका छौँ । यद्यपि, बीपी स्मृति दिवस भने विगतझैँ निरन्तर मनाइनेछ । हाल हामी सम्पर्क कार्यालयबाट गतिविधि सञ्चालन गरिरहेका छौँ र यसलाई निरन्तरता दिनेछौँ । तर सानेपास्थित पार्टी कार्यालय नेतृत्वबाट आवश्यक लचकता, धैर्यता, सहनशीलता र सकारात्मक पहल नदेखिएकै कारण एकताको प्रक्रिया कमजोर बनेको हाम्रो निष्कर्ष छ ।’

इतर पक्षले आगामी साउन ६ गते पर्ने वीपी स्मृति दिवसलाई विगतमा झैँ निरन्तरता दिँदै मनाउने निर्णय गरेको छ । हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको यो समूहले आफ्ना एजेण्डाहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने बताएको छ । –न्युज एजेन्सी नेपाल